पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर लाग्नुपर्छ : नेता बिसी

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य बम बहादुर बिसीले नेकपा एमालेका उम्मेदवारलाई जिताउनका लागि हरेक नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ । स्थानिय तह निर्वाचनको चुनावी आमसभा कार्यक्रम अन्तर्गत तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफमा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता बिसीले यतिबेला हरेक गाउँ गाउँमा नयाँ योजना अभियानका साथ पार्टी अघि बढेकाले विजयी सुनिश्चित भएको बताए ।

Mangala Bharna

वडा कमिटी अध्यक्ष पदम बहादुर रावल अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदम बुढा, जिल्ला उप-सचिव तथा तुर्माखाँद गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विसी, उपाध्यक्ष पदका उम्मेदवार विमला शाही, जिल्ला कमिटी सदस्य अर्जुन बुढा, निर्मला धमाला, गाउँपालिका संगठन कमिटी अध्यक्ष गाेमती शाहि, नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष अम्मर नेपाली लगाएतका अतिथि रहनु भएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य राज कुमार सुनारले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.