एमालेको चुनावी सभा विरपथमा सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा एमाले कमलबजार नगरपालिकाको चुनावी घरदैलो तथा आमसभा कार्यक्रम विरपथमा सम्पन्न भएको छ । कमलबजार बजार नगरपालिका वडा नं ६ विरपथमा बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचन लक्षित उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेको संयुक्त आयोजना भएको हो ।

Samajik New Add 2082

वडा नं ६ मा दुई पार्टी विच गठबन्धन रहेको छ । आजको कार्यक्रमको नेकपा एमाले कनपा ६ विरपथ वडा कमिटीका अध्यक्ष राम बहादुर शाहीको अध्यक्षता भएको हो । उल्लासमय वातावरणमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि अछाम क्षेत्र नं २ का संघिय सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी रहनु भएको थियो ।

Mellekh RM1
Saud Agro Kailash

त्यसैगरी अतिथिमा संविधान सभाका सदस्य तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भरत बहादुर साँउद, प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय ,प्रदेश कमिटी सदस्य तथा कमलबजार नगरपालिका को नगर प्रमुखका उम्मेदवार कटक बहादुर साँउद रहनु भएको थियो ।

यस्तै अतिथिमा नेपाल मजदुर किसान पार्टीका अछाम जिल्ला अध्यक्ष झंकर शाही , नेकपा एमाले अछाम जिल्ला उपाध्यक्ष बल बहादुर कुँवर , जिल्ला कमिटी सचिवालय सदस्य तथा कमलबजार नगर ईन्चार्ज दिपक प्रसाद अधिकारी , नेपाल निजामती कर्मचारी संगठन अछाम जिल्ला सचिव झनक अधिकारी , नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कोषाध्यक्ष तपेन्द्र शाही लगायत रहनु भएको थियोे ।

सो कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि ३ दर्जन भन्दा वढी व्यक्ति नेकपा एमालेमा समाहित भएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा सम्बोधन गर्ने सम्पुर्ण अतिथिले नेकपा एमालेका उम्मेदवार लाई सुर्य चिन्हमा मतदान गरि अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गर्नु भएको थियोे ।

संयुक्त चुनावी आमसभामा विभिन्न साँस्कृतिक झाँक्री पनि प्रस्तुत भएका थिए भने कार्यक्रमको सञ्चालन विरेन्द्र बहादुर शाहीले गर्नु भएको थियो । नेकपा एमाले कमलबजार नगरको चुनावी आमसभा भोलि २३ गते कमलबजार नगरपालिका वडा नं ७ सेराको जामामा र पर्सि २४ गते कनपा ८ ढाँकुको डुङ्गालामा हुनेछ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.