मंगलसेन १४ कालागाउँमा आफू अध्यक्ष जित्ने शिव बहादुर सोडारीको दाबी

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मंगलसेन १४ कालागाउँमा आफू अध्यक्षमा विजयी हुने उम्मेदवार शिव बहादुर सोडारीले दाबी गरेका छन । नेकपा एमालेमा तर्फबाट अध्यक्षका प्रत्यासी सोडारी इमान्दार, सरलता स्वभाव, परिपक्वता, शैक्षिक योग्यता, आफ्नो राजनितीक यात्रामा अनवरत अबिचलित निष्ठावान कार्यकर्ताको पहिचान बनाएकाले जित सुनिश्चित भएको नेकपा एमाले कालागाउंका वडा कमिटी अध्यक्ष रुप भण्डारीले बताउनु भयो ।
२०४८ सालमा नेकपा एमालेको सदस्यता लिएका सोडारी त्यसयता निरन्तर एमालेमा रही रोल-कालागाइँ जनताको सेवा गर्दै आएका छन । नेपालको कम्युनिष्ट आन्दोलनमा आएका अनेक फुट तथा बिद्रोहबाट आफू बिचलित नभई पार्टीको राजनीतिक बिचार धार, संगठनबाट र एकताको माध्यमबाट गाउँलाइ रुपान्तरण गर्न लागी परेको उम्मेदवार सोडारीले बताए ।

Samajik New Add 2082

आफू जनप्रतिनिधि निर्वाचित भएर आएपछि घोषणापत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी लगाएतका पुर्वाधार बिस्तार तथा बिकासलाई मुख्य एजेण्डा बनाएका छन । सुबिधा सम्म्पन्न क्षेत्र तराइमा बसाइँसराइ गरी स्थायी बसोबास गर्ने प्रशस्त अधार भएपनी आफ्नो गाउँ आफै बनाउँ भन्ने नाराबाट प्रभावित भइ आफू आजसम्म कालागाउँका जनताको सेवामा रहेको र आगामी दिनमा वडाको बिकासको नेतृत्व गर्ने बताए ।

यस अघी सामाजिक क्षेत्रतर्फ अन्नपूर्ण मावि कालागाउँको अध्यक्ष समेत भई सकेका सोडारीले जनताको सेवक बनिसकेपछि दिर्ढता पुर्वक हरेक कार्य सफल गर्दै जाने बताएका छन । लामो समयदेखी गाउका हरेक जनताको सेवा गर्दै आफ्नो घर परिवार भन्दा पनि कालागाउको सामाजिक कामका लागि सधै अग्रसर रहेकाले जनताले जिताउने दृर्ढ रहेको सोडारीले बिश्वास गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.