साँफेबगरको मुहार फेर्न कस्सिएकी अधिकारकर्मी पशुपति कुँवर

Purnima Mobile
Kirci Gyan Kendra

दुई दशकदेखि छाउगोठ भत्काउने अभियान चलाएकी महिला अधिकारकर्मी पशुपति कुँवरलाई साँफेमा देख्ने स्थानीयले ‘उ.. छाउपडी आई’ भन्ने गर्छन्। यो कुरा कुँवर आफैंले पनि धेरैपटक सुनेकी छन्। र पनि छाउगोठ भत्काउने अभियानमा दृढ संकल्पका साथ अझैसम्म लागिरहेकी छिन् उनी।

Samajik New Add 2082

उनै कुँवर यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि घरदैलो कार्यक्रममा खटिएकी छिन्। साँफेबगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मेयर पदको उम्मेदवार हुन् उनी। यसपटकको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला प्रतिनिधित्व अपेक्षाकृत भएन। र पनि पशुपति आफूलाई ‘लक्की’ ठान्छिन्।

Mellekh RM1

अछाममा कुल मतदाताको संख्या १ लाख ५६ हजार २८० छ, जसमा साँफेबगर नगरपालिकाभित्र पुरुषको भन्दा ९ सय २ ले महिला मतदाता संख्या बढी छ। कुँवरले मेयरका लागि उम्मेदवारी दिएपछि दिदीबहिनीको बलियो साथ मिलेको बताउँछिन्। महिलाले महिलाकै साथ पाउने उनको विश्वास छ। भन्छिन्, ‘जिल्ला पार्टी कार्यालय अछामले मलाई विश्वास गरेर मेयरको टिकट दियो। अब महिलाले पनि काम गर्न सक्छन् भन्ने गरी साँफेको मुहार फेर्नेछु र सबैलार्इं विश्वास दिलाउन काम गर्नेछु।’

एउटै दलबाट प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था पनि छ। अहिले विभिन्न दलहरूबीच तालमेल भएपछि प्रमुख र उपप्रमुख दुवै पदमा पुरूष हाबी भएको चर्चा पनि चलिरहेको छ। तर, साँफेबगर नगरपालिकामा भने महिला उम्मेदवारमा पशुपति प्राथमिकतामा परिन्। कुँवरले अन्याय, असमानता र विभेदरहित नगर निर्माण र महिला तथा बालबालिकामैत्री नगर बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताइन्। भनिन्, ‘सबैभन्दा पहिला त हिंसारहित समाज निर्माणमा लाग्नेछु। अन्याय, अत्याचार र कुप्रथाका विरुद्ध आफ्नो अभियानलाई थप सशक्त बनाएर लैजानेछु। त्यसपछि घोषणापत्रमा लेखिएका योजनालाई पूरा गर्ने प्रतिबद्धतामा लाग्नेछु।’

कुँवरले आफ्नै नेतृत्वमा घरेलु सेनिटेरी प्याड उत्पादन गर्न उद्योग स्थापना गरेकै तीन वर्षभन्दा बढी भयो। साँफेबगर एयरपोर्ट बजारका स्थानीय महिलाहरूको समूहमा अहिले पनि ‘दिदीबहिनी जैविक प्याड उद्योग’ले मासिक १४ हजार प्रतिसम्म प्याड उत्पादन गर्दै आएको छ। महिनावारी भएका महिलालाई घरेलु प्याडले सहज बनाएको उनको दावी छ।

Saud Agro Kailash

त्यसैगरी कुँवरले पाठेघर खस्ने समस्याबाट पीडित भएका महिलाहरूलाई काठमाडौं ल्याएर उपचारका लागि विभिन्न संघसंस्थासँग समन्वय गर्दै आएकी थिइन्। घरेलु हिंसा, बाल विवाहजस्ता समस्याबाट पीडित महिला तथा समुदायलाई जनचेतना जगाउन विगत एक दशकदेखि सक्रिय रूपमा लागेकी छिन् कुँवर।

‘संसारका देश समृद्धि भएका बाटो मात्र खनेर होइन,’ उनी भन्छिन्, ‘अघिल्लो स्थानीय सरकारले कति छाउगोठ भत्कायो? अब छाउगोठ कति छन्? बालविवाह कति भयो? बहुविवाहबाट कति पीडित छन्? पाठेघर खस्ने महिला कति छन्? कुपोषित बालबालिका कति छन्? घरेलु हिंसाबाट पीडित कति छन्? विद्यालय छोड्ने किशोर–किशोरी कति छन् र के कारणले विद्यालय छोडिरहेका छन्? बेरोजगार युवा कति छन्? ती कहिलेसम्म पलायन हुने जस्ता समस्याको मुख्य जड खोजेर समस्या समाधान गर्ने कोसिस गर्नेछु।’

साँफेबगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मेयर पदको उम्मेदवार हुन् उनी। यसपटकको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला प्रतिनिधित्व अपेक्षाकृत भएन। र पनि पशुपति आफूलाई ‘लक्की’ ठान्छिन्।
विद्यार्थी राजनीतिबाटै साँफेमा चिनिएकी थिइन् कुँवर। उनी नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील छन्। साँफेबगर नगरपालिकामा गठबन्धनमा दुई दलले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा माओवादी र नेकपा एमालेबीच तथा कांग्रेस र नेकपा एकीकृत समाजवादीका बीच गठबन्धन भएको थियो। नेकपा एमाले र माओवादीको गठबन्धनबाट नगर प्रमुखमा साझा उम्मेदवार एमालेका तर्फबाट पशुपति कुँवर र उपप्रमुखमा माओवादीका रंग बहादुर ठकुल्लाले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यसैगरी नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट साझा उम्मेदवार कांग्रेसका राजेन्द्र बहादुर कुँवर र समाजवादीका उपप्रमुखमा शिवबहादुर कुँवर (शिलोज)ले उम्मेदवारी दर्ता गराएका हुन्। २०७४ सालको स्थानीय चुनावमा कुल मतदाता संख्या साँफेबगर नगरपालिकामा १८ हजारभन्दा बढी मतदाता थिए भने २०७९ मा साँफेबगर नगरपालिकामा १० हजार ४६७ पुरुष र ११ हजार ३९६ महिला गरी २१ हजार ८६४ मतदाता छन्।

२०७४ को स्थानीय चुनावमा साँफेबगर नगरपालिकाको मेयरमा एमालेका कुलबहादुर कुँवर विजयी भएका थिए। कुँवरले ५ हजार ८ सय ३५ मत प्राप्त गरी विजयी भएका थिए। तर उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्वजबहादुर कुँवरले ५ हजार ४ सय १२ मतले पराजय व्यहोर्नुपरेको थियो। त्यस्तै उपप्रमुखमा पनि एमालेकै विमला वुडथापाले ५ हजार ९ सय ८४ मत ल्याएर विजय भएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रूपा आउजीले ५ हजार २ सय ६५ मतले पराजय भएकी थिइन्। माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार खगेन्द्र ओडले ५ सय ६३ र उपप्रमुखमा बैजन्ती कुँवरले ५ सय ४९ मत पाएका थिए।

अहिले एमाले विभाजित भएपछि नेकपा (एस) ले कांग्रेससँग गठबन्धन गरेको हो, जसका कारण एमालेको भोट काटिने सम्भावना देखिन्छ। तर, पशुपति कुँवर आफूले अत्यधिक मतका साथ विजय हुने दाबी गर्दै भन्छिन्, ‘एकीकृत समाजवादीले केही भोट काटे पनि एमाले बलियो छ र गठबन्धनले थप बलियो बनाएको छ। मलाई विश्वास गर्छन् नगरबासीले। उहाँहरूले साथ दिनुभयो भने ढुक्कले जित्छु।’
नेपाल समय

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.