मंगलसेनको तीन वटै मतदान केन्द्रमा सम्पूर्ण जिम्मेवारी महिलालाई

Purnima Mobile
Kirci Gyan Kendra

मेनुका ढुंगाना : अछामको सदरमुकाम मंगलसेन नगरपालिका-५ को मतदान सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । नमुना मतदान केन्द्रको रुपमा मंगलसेन नगरपालिका-५ को ३ वटा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षा प्रमुखको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको हो ।

Samajik New Add 2082

शोडषा मावि मंगलसेनमा रहेको मतदान केन्द्र ‘क’ की मतदान अधिकृत देवसरा कुमारी थापाले पहिलो पटक मतदान अधिकृतको जिम्मेवारीलाई अवसर र चुनौतीको रुपमा लिइएको बताइन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा जिल्ला अस्पताल अछाममा कार्यरत भएको बेला शोडषा माविको मतदान केन्द्रमा स्वयंसेवक भएर पहिलो पटक चुनावमा खटेको देवसराले बताइन् ।
२०७० सालको संविधान सभा निर्वाचनमा त्रिपुरा सुन्दरी श्रीकोटमा सहायक कर्मचारी र २०७४ सालको स्थानीय तहको निर्वाचनमा रामारोशनको शान्तडामा सहायक मतदान अधिकृतको रुपमा काम गरेको उनले बताइन् ।

Mellekh RM1

साँफेबगर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख (अधिकृत छैटौं) मा कार्यरत थापाले मतदान अधिकृतको जिम्मेवारीले आत्मविश्वास बढाएको बताइन् । ‘मैले नेतृत्व गरेको मतदान केन्द्रमा ७ सय २८ जना मतदाता छन् । अन्य ४ जना कर्मचारी र सुरक्षाकर्मी पनि महिला नै हुनुहुन्छ,’ उनले भनिन्, ‘महिलाको क्षमतामाथि नै अविश्वास गर्ने मानसिकता अझै छ त्यही कुरालाई हामी सबैले चुनौतीका रूपमा लिएका छौं । मतदान सम्पन्न गर्न सबैको साथ पाएका छौं ।’

Saud Agro Kailash

शोडषा मावि मंगलसेनमा नै रहेको मतदान केन्द्र ‘ख’ की मतदान अधिकृत कमला खड्काले पनि पहिलो पटक नै चुनाव सम्पन्न गराउने जिम्मेवारी पाएको बताइन् । २०६४, २०७० र २०७४ को निर्वाचनमा सहायक मतदान अधिकृतको रुपमा निर्वाचनमा खटिएको उनले बताइन् ।

मष्टाबण्डाली स्वास्थ्य चौकी कमलबजार नगरपालिका ९ की इन्जार्च समेत रहेकी खड्काले पनि यसलाई अवसरको रुपमा लिइएको बताइन् । ‘जिल्लाको सुरक्षा निकायका प्रमुख , मुख्य निर्वाचन अधिकृतको साथ र सहयोगले हौसला मिलेको छ’ उनले भनिन् ,‘महिला मात्रै निर्वाचनमा खटिँदा केही समस्या पनि भएका छन् । २ जना कर्मचारी गर्भवती हुनुहुन्छ ,१ जनाको साथमा बच्चा छ । यस्ता कारणले पनि केहि समस्या भने छन् ।’

मंगलसेनस्थित शोडषा माविका रहेको मतदान केन्द्र ‘ग’ की निर्वाचन अधिकृत गंगा बुढामगरले पहिलो पटक निर्वाचनमा खटिएको बताइन् । उनी जिल्ला अस्पताल अछामका कार्यरत सिनियर नर्सिङ अधिकृत हुन् । ‘अस्पतालको आपत्कालीन सेवामा बस्नु पर्ने भएकाले अहिलेसम्म म कुनै पनि चुनावमा खटिएको छैन । पहिलो पटक चुनाव सम्पन्न गराउने जिम्मेवारी पाएकी छु’ उनले भनिन् ,‘तीनवटै केन्द्रमा महिला नै मतदान प्रमुख भएकाले समन्वय गरेर अगाडि बढिरहेका छौं । सजिलो नै छ ।’

तीनवटा मतदान केन्द्रको शान्ति सुरक्षाको जिम्मेवारीमा पनि महिलालाई नै प्रमुख रुपमा जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत असइ बुद्धि कुमारी तामाङको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी खटिएका छन् । ‘सबैबाट सहयोग पाएका छौं । शान्ति सुरक्षाको पाटोलाई पनि मजबुत बनाएका छौं ।’ शोडषा मावि मंगलसेनको तीन वटा केन्द्रमा २२ सय ६४ मतदाता रहेका छन् ।
कान्तिपुर दैनिक

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.