पूर्व उपप्रधानमन्त्री भीम रावलद्धारा भागेश्वर केन्द्रमा मतदान, ३ मतदान केन्द्रमा स्थगित
शिवराज ढुंगाना : पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता भीम बहादुर रावलले साँफेबगर नगरपालिका–६ को भागेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । रिठागाउँस्थित चन्द्रोदय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर रावलले मतदान गर्नु भएको स्थानीय रतन बहादुर रावलले जानकारी दिनुभयो ।

रावलले मतदान गर्ने मतदानस्थलमा ९५२ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, संविधानसभा सदस्य भैरे कामी, संविधानसभा सदस्य शेरबहादुर कुँवर, प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, मनाकुमारी साउँद, पूर्वसांसद शरदसिंह भण्डारी लगायतले आफ्नो मतदान केन्द्रमा मतदान गरेका बताइएको छ ।
दशवटै स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष लगायत जनप्रतिनिधिले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।
झडपका कारण ढकारी गाउँपालिका–२ हिच्मा, पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी र साँफेबगर नगरपालिका–११ बाब्लामा केही समय मतदान कार्य अवरुद्ध समेत भएको छ । बाँकी अछामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको बताइएको छ । अछामका १० स्थानीय तहका २०७ मतदान केन्द्र तोकिएका छन् ।