मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न हुदाँ एमालेको अग्रता कायम देखिएको छ ।

एमालेको तर्फबाट मेयरका उम्मेद्धार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुदाँ १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना हुदाँ नेपाली कांग्रेसका उम्मेद्धार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन् ।

तर दुबै वडाको मत जोड्दा एमालेका उम्मेद्धारको मत कांग्रेसका उम्मेद्धारको भन्दा १ सय १९ बढी रहेको छ । अहिले वडा नं. १४ कालागाँउको मतगणना भईरहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.