तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जिल्लाको तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । अध्यक्षमा विजयी नेकपा एमालेका उम्मेदवार डम्बर बिसीले ३५२३ मत प्राप्त गरेर विजयी भएका हुन ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३४९३ मत प्राप्त गरे भने माओवादी केन्द्रका मनबहादुर बयकले ३०९१ मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा विजयी नेकपा एमालेकी उम्मेदवार विमला शाहीले ३५०१ मत प्राप्त गरेर विजयी भएकी हुन । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अनुजा सिजापती विष्टले ३४५२ मत प्राप्त गरिन भने माओवादी केन्द्रकी पवित्रा उपाध्यायले ३१५५ मत प्राप्त गरेकि छन ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.