मेयर उपमेयर सहित बहुमतमा साथ मंगलसेनमा एमाले विजयी
मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा स्पष्ट बहुमतका साथ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । १४ वडा रहेको मंगलसेन नगरपालिकामा भर्खरै सम्पन्न मतगणनामा एमालेले मेयर, उपमेयर र १० वडा जितेको छ भने नेपाली काग्रेसले ४ वडा जितेको छ ।
नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर पदम बहादुर बोहराले ५७३७ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका नम बहादुर शाहिले ५ हजार २ मत प्राप्त गरेका छन । त्यस्तै जसपाका मेयर उम्मेदवार टंक रावलले १०५ मत प्राप्त गरेमा छन ।
मेयर बोहराले ७३५ मतान्तरले काग्रेसका उम्मेदवार शाहीलाई पराजित गरेका छन । यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेदवार संगिता रावल सोडारीले नेकपा एकीकृत समाजवादीका उम्मेदवार बम बहादुर रावललाई २६४४ मतान्तरले पराजित गरेकी छन । संगिता रावल सोडारीले ५७१९ मत ल्याउदा बम रावलले ३०७५ मत प्राप्त गरेका छन ।
यस्तै नेकपा माओवादी केन्द्रका लोक बहादुर बोगटीले ४१५ र राप्रपाका कृष्णा बिष्टले ८१ मत प्राप्त गरिन । मंगलसेन नगरपालिकामा कुल ११४४७ मत खसेको थियोे ।
