तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र दिईयो

तुर्माखाँद गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र बितरण गरिएको छ । तुर्माखाँद गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत भेषराज पाैड्यालको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि शर्माले नव निर्वाचित पालिका अध्यक्ष डम्बर बिसी, उपाध्यक्ष बिमला शाही , सबै वडाका वडाअध्यक्ष, वडा सदस्यलाई अब्बिर, दोसल्ला लगाएर सम्मान गर्नु भएको थियो । भने मुख्य निर्वाचन अधिकृत पाैड्यालले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अमृता देवी बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढा लगाएतका अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा बाेल्दै निर्वाचित अध्यक्ष बिसीले तुर्माखाँद गाउँपालिका कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगाएत निर्वाचन कार्य सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । आगामी दिनमा जनताका जिवनसँग जोडिएका कार्यक्रम संचालन गर्ने बताए । कार्यक्रमको संचालन वडा नम्बर १ का सचिव जनक थापाले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.