नगरलाई नयाँ शिराबाट संचालन गर्ने छु : मंगलसेन नगर प्रमुख बोहरा

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकामा दोस्रो पटक नगरप्रमुखमा निर्वाचित पदम बहादुर बोहराले मंगलसेन नगरपालिकामा नयाँ शिराबाट काम संचालन गरिने बताउनु भएको छ । २०७४ साल असार १४ गते जनप्रतिनिधिको रुपमा निर्वाचित भई २०७९ साल जेठ ५ गतेसम्म आफ्नो कार्य अवधिमा मंगलसेन नगरपालिकाका नगरवासीको सेवामा खटिनु भएका जनप्रतिनिधिको सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै आफुले सपथ लिने बित्तिकै मंगलसेनको बिकासका लागि राजनितीकदल, जनप्रतिनिधि कर्मचारीसँग छलफल गर्दै सयन्त्र निर्माण गरेर कार्य संचालन गरिने बताए ।

Samajik New Add 2082
Saud Agro Kailash

यसअघिको ५ बर्ष अनुभव सहित थुप्रै काम समेत भएकाले अझै नया थप काम जनताको क्षेत्रमा हुने बताउनु भयो । मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्यायले नगरमा अझै थुप्रै अधुरा काम रहेकाले नयाँ जनप्रतिनिधिलाई कुसलता पुर्व सम्पन्न गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, कार्यपालिका सदस्य कौशिला ढुंगाना, वडा सदस्यको तर्फबाट वडा नम्बर ४ सदस्य भावना केसीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगरका १४ वटै वडाका सदस्य, अध्यक्ष, कार्यपालिका सदस्य, उपप्रमुख, प्रमुखलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नगरका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.