विजयी रयाली गरिरहेका एमाले कार्यकर्ता माथि देविस्थानमा काग्रेसका कार्यकर्ताद्वारा आक्रमण
अछाममा स्थानिय निर्वाचन २०७९ अन्तर्गत नेकपा एमाले उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएपछि कार्यकर्ताले विजयी रयाली गरिरहदा काग्रेस कार्यकर्ताले आक्रमण गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर ११ देबिस्थानमा नेकपा एमालेबाट राम बहादुर बोहरा विजयी भएपछि बिजयी रयाली मनाइरहदा हंस बाहिनी माबि नजिक गैरागाउमा रयाली मनाइरहदा एक्कासी आक्रमण भएको बताईएको छ ।
घाइतेको को भनाइ अनुसार नेपाली काङ्ग्रेस का कार्यकर्ता ले आक्रमण गरेको हो । काग्रेस कार्यकर्ताको कुटाईबाट ६ जना घाईते भएका छन । जसमा ४१ बर्षका प्रेम लुहार, ५२ बर्षमा भान शिह खाती, ५० बर्षका झन्कर बि क, २६ बर्षकम मोति बोहरा, ३२ बर्षका मीन बहादुर बोहरा र ३५ बर्षका नवराज परियार घाइते भएका हुन । घाइते मध्ये नवराजको अबस्था गम्भीर भएकाले बयलपाटा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
