रामारोशन २ का अध्यक्षद्धारा पदभार ग्रहण सहित लोकप्रिय निर्णय

 रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौँका अध्यक्ष तथा सदस्यले औंपचारिक रुपमा पदभार ग्रहण गरेका छन । नवनिर्वाचित अध्यक्ष मीन बहादुर परियारले पदभार ग्रहण गर्दै जनताको पहिलो बैठक मार्फत लोकप्रिय निर्णय समेत गरेका छन ।

पहिलो बैठक मार्फत विगत लामाे समय देखि अबरुद्ध वडा नम्बर २ चाफामाण्डौँको विद्युत मंसिर मसान्त भित्र सुचारु गर्ने, वडा कार्यालयको आफ्नै भवन नभएकाले यस कार्यकालमा जग्गा ब्यबस्था गरि भवन निर्माण गर्ने र वडामा रहेका विपन्न, असाहय तथा अपांग नागरिकलाई बर्सेनि सम्मान कार्यक्रम गर्ने निर्णय गरिएको वडा सचिव मीन बहादुर परियारले जानकारी दिनु भयो ।

पदभार ग्रहण कार्यक्रममा रामारोशन गाउँपालिका निवर्तमान उपाध्यक्ष सरस्वती रावल, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश कमिटी सदस्य पहल साउद लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.