विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा मंगलसेन ४ र ५ का महिलासंग अन्तरक्रिया

विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा मंगलसेन नगरपालिका वडा नम्बर ४ र ५ का महिनावारी उमेर समुहका किशोरी तथा महिलासँग अन्तरक्रिया गरिएको छ । बिशेषगरि महिनावारी हुदा स्वास्थ्यमा आउने समस्यालाई मध्ये नजर ध्यान दिनुपर्ने बिषयमा छलफल गरिएको थियो ।

रातो बाल्टी तथा BRC सँग सहकार्य र मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावलले महिनावारी हुदा हरेकलाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गर्नु भयो । मंगलसेन नगरपालिकाले यसअघि नै मर्यादित महिनावारी कार्यक्रम अघि बढाएकाले आगामी दिनमा यसलाई निरन्तरता दिदै जाने बताउनु भयो । हरेक महिला दिदि वहिनीका समस्या आफ्ना भएकाले समाधानका लागि अघि बढने बताउनु भयो ।

वडा नम्बर ४ का अध्यक्ष नाम सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका निवर्तमान उपप्रमुख सरिता उपाध्यायले महिनावारी ब्याबस्थापनमा यश अघि आफ्नो कार्यकालमा थुप्रै कार्य भएकाले यसपछि निरन्तरता दिन आग्रह गरे ।
छाउपडि गोठमुक्त नगर भईसकेकाले कार्यान्वयनमा कसैले कमजोरी नगर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले २०१४ देखि २८ मे मा नियमित विश्व महिनावारी स्वच्छता दिवस मनाउदै आएकाले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सबैलाई ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा वडा नम्बर ४ मा सदस्य नयन सिह विक, ५ मा सदस्य सुरत कामी, स्वास्थ्य शाखाका ज्ञानु माझी, मंगलखबर डटकमका कार्यकारी सम्पादक कमल कुमार रावल लगाएतका अतिथि रहनु भएको थियो । कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.