एमालेको तर्फबाट मंगलसेनमा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

मंगलसेन नगरपालिकामा नेकपा एमालेका तर्फबाट कार्यपालिका सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । नगरका १० वडा जितेको एमालेको स्पष्ट बहुमत भएपछि अन्य ४ वडा जितेको काग्रेसले मनाेनयन दर्ता नगरेपछि एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।

Everest Incitute

महिला कार्यपालिका सदस्यमा ५ जना र दलित तथा अल्पसंख्यकबाट ३ जना गरि ८ जना निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठद्धारा जारी गरिएको सुचना भनिएको छ ।

एमालेकाे तर्फबाट निर्विरोध निर्वाचित हुने उम्मेदवारमा महिला कार्यपालिका सदस्य हंस कुमारी थापा, रेखा कुमारी रावल, मन्सरा थ्यायत, कौसीला ठकुल्ला, भाना बिष्ट रहेका छन । त्यसैगरि दलित र अल्पसंख्यक निर्विरोध निर्वाचित सदस्यमा मुगा परियार, पिरमे भुल, गोविन्द विक रहेका छन ।

साथै ८ जना कार्यपालिका सदस्यलाई मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले आजै प्रमाणपत्र पत्र समेत वितरण गर्नु भएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.