कमलबजारमा निर्वाचित कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण
कमलबजार नगरपालिकामा कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । वडाकाट निर्वाचित वडा सदस्यबाट ५ जना र ३ जना खुल्ला दलित सदस्य गरी ८ जना नेकपा एमालेका उम्मेदवार कार्यपालिकाका सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत चुडाराज शर्माले जानकारी दिनु भयो ।
निर्वाचित हुनेमा दलित तथा अल्पसंख्यक तर्फ सदस्य चक्र बहादुर टमट्टा, धन बहादुर बिक र गोविन्द सुनार रहेका छन । ५ जना महिला सदस्यमा वडा सदस्यमा निर्वाचित सदस्यहरुबाटै रहेका छन ।
महिलातर्फ जमना कुमारी चलाउने ,जानकी कुमारी बिष्ट, मना वड, धनसरा ढोली र लिलावती बिष्ट रहेका छन । कमलबजार नगर कार्यपालिकामा एमालेको बहुमत रहेकाले एमालेका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएपछि निर्विरोध निर्वाचित भएका छन ।
प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुमारी बिष्ट, प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टको सहभागीता रहेको थियोे ।
