मेल्लेख गाउपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको प्रथम बैठक सम्पन्न
लाल बहादुर चदारा : मेल्लेख गाउपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको प्रथम बैठक सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा बसेकाे बैठकले गाउपालिकाद्वारा संचालित २ वटा बस, एम्बुलेन्स, जेसिबि मेसिन, यातायात व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको छ ।
ब्याबस्थापनका लागि उपाध्यक्ष नृप खड्काकाे संयाेजकत्वमा ७ सदस्यीय यातायात व्यवस्थापन समिति समेत गठन गरिएकाे छ । त्यसैगरी गाउपालिका अन्तर्गत सुत्केरी महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अबस्थामा निशुल्क यातायातकाे व्यावस्था गाउपालिकाले गर्ने भएको छ ।
पालिकाको दुर्गम वडा १ र २ ऋषिदह र वडा नम्बर ३ ठाटिकाे लागि एम्बुलेन्स सेवा सुचारु गरि सेवा दिने निर्णय गरेकाे छ । साथै मेल्लेख गाउपालिकामा हालसम्म बजेट खर्च तथा यस अघिकाे प्रगती विवरण सार्वजनिक गरिनुका साथै आगामि गरिने क्रियाकलाप बारे पनि छलफल गरिएकाे छ । बैठककाे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले गर्नु भएकाे थियाे ।
