आईपिएल उपाधिका लागि राजस्थान र गुजरात भिडने

जस बटलरको सतकको सहायतामा राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । गएराति रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो ।

नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले १०६ रनको अविजित इनिङ खेले । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यस सिजन बटलरको यो चौथो सतक हो ।

Janahitkari notice EYE

यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र यसवी जैसवालले २१ रन बनाए । बैंगलोरका जस हेजलवुडले दुई विकेट लिँदा वनिन्दु हसरंगाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो ।

बैंगलोरका रजत पटिडरले सर्वाधिक ५८ रन बनाएका थिए । यसबाहेक बैंगलोरको खातामा कप्तान फाफ डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन जोडेको थिए ।

राजस्थानका प्रसिद्ध क्रिष्णा र ओबेड म्याकोनीले समान तीन विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । राजस्थानले उपाधिका लागि आइतबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.