प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै
काठमाण्डाै : प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।
हिजो नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।
भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुहुनेछ । केन्द्र सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा व्यवस्था छ ।