मंगला नेरा मावि ओलिगाउमा ओभरसियर पढने विद्यार्थीको प्रवेश परीक्षा भोलि हुने

Kirci Gyan Kendra

मंगला नेरा मावि प्राविधिक तथा ब्याबसायिक शिक्षा सिभिल इन्जिनियरिङ ओलिगाउमा ओभरसियरका लागि फाराम भरेका विद्यार्थीको प्रवेश परीक्षा भोलि हुने भएको छ । शैक्षिक सत्र २०७९ को लागि कक्षा ९ मा प्रवेश परिक्षा फाराम भरेका बिद्यार्थीको परीक्षा बिहान ११ बजे सुरु हुने विद्यालयका प्रधानाध्यापक तथा परीक्षा समितिका संयोजक मीन बहादुर भण्डारीले बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

यस अघि बैशाख २१ गतेदेखि जेठ १० गतेसम्म प्रवेश परिक्षाका लागि सुचना जारी गरेपछि बाजुरा, दैलेख र अछाम लगाएतका जिल्लाबाट ६४ जनाले फाराम भरेका छन । ४८ जनाको सिमित कोटा रहेको प्रवेश परिक्षामा उत्कृष्ट प्रथम, द्धितिय र तृतिय हुने छात्रा र छात्र गरि ६ जनाले क्रमश : १००, ७५ र ५० प्रतिशत बार्षिक छात्रवृत्ति सेवा पाउदै आएका छन ।

२०७० सालबाट शिक्षा बिभागबाट मान्यता प्राप्त विद्यालयमा कक्षा ९ देखि १२ सम्म ओभरसियर कक्षा संचालन हुदै आएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.