मंगलसेन नगरपालिका १ र २ का विभिन्न योजनाको उपप्रमुख रावल नेतृत्वको टोलिद्धारा अनुगमन
मंगलसेन नगरपालिका वडानम्वर १ र २ का विभिन्न याेजनाहरुकाे अनुगमन गरिएकाे छ । नगर उपप्रमुख संगिता कुमारी रावलकाे नेतृत्वमा गएकाे टोलिले विभिन्न ४ वटा योजनाको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलिले मंगलसेन नगरपालिका १ स्थित प्रगतिशिल आधारभूत विद्यालयकाे २ काेठे भवन, मालिका आधारभूत विद्यालय रक्तु डाडाकाे २ काेठे भवन, वडानम्वर १ मा प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगतकाे सुवाखाँद जैधन ग्रामीण सडक र वडानम्वर २ को खम्म आधारभूत विद्यालयको २ कोठे भवनको अनुगमन गरि आवश्यक जानकारी लिनुका साथै सुझाव तथा निर्देशन दिएको छ । निर्माण सम्पन्न सबै ४ वटै योजनाहरुको अवस्था सन्तोषजनक रहेको र योजनाको दीगोपना र अपनत्वका लागि स्थानीयले अग्रसर हुनुपर्नेमा अनुगमन टोलिले जोड दिएको छ ।
अनुगमन टोलिमा नगर उपप्रमुख संगिता कुमारी रावल सहित वडा नम्वर १ का अध्यक्ष लाेकराज नाथ, वडानम्वर २ का अध्यक्ष देबेन्द्र बाेगटी, कार्यपालिका सदस्य गंगा कुमारि थापा, पूर्व वडा अध्यक्ष मान बहादुर बाेगटी, नगरपालिका सूचना प्रविधि अधिकृत पाैरख कुमार बाेगटी, राेजगार संयाेजक कृष्ण बहादुर साेडारी, एम आई एस अपरेटर हाेम बहादुर साउद, राेजगार प्राविधिक सहायक मुकेश बाेहरा, वडा प्राविधिक हिरण्ड बहादुर बाेगटी, नगरपालिका कर्मचारी रेखा साउद केसि र धर्मेन्द्र स्वारकाे सहभागीता रहेकाे थियाे ।
यस्तै अनुगमनका क्रममा विव्यस अध्यक्षहरु, प्रधानाध्यापक तथा शिक्षकहरु र सम्वन्धित योजनाहरुका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरुको समेत सहभागीता रहेको थियो ।
विभिन्न तस्बिरहरुः
