मंगलसेन नगर कार्यपालिका बैठक : प्रतिबद्धता अनुमाेदन, प्रवक्तामा बाेगटी सहित १० समिति गठन

टेकराज भण्डारी : मंगलसेन नगरपालिका नगरकार्यपालिकाकाे बैठकले नगरप्रमुखले गरेका प्रतिवद्धता अनुमाेदन गरेकाे छ । नगरकार्यपालिकाले जेठ १६ गते गरेकाे निर्णय आज सार्वजनिक गरिएकाे हाे । दाेस्राे पटक नगरप्रमुखमा निर्वाचित भएपछि नगरप्रमुख पदम बहादुर बाेहराले जेठ ९ गते पदभार ग्रहण गर्दा व्यक्त गर्नुभएका प्रतिबद्धता अनुमाेदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेकाे छ ।नगरप्रमुख बाेहराले पदभार ग्रहण गर्दै नेपाल सरकार बाट निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यक्ति बाहेकका दिर्घरोगीहरुका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने, जोखिम अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्दारमा सहयोग पुर्याउन म न पा १३ को वस्ती र म न पा १२ को छापडाँडामा हेली प्याड स्थापना गर्ने, २ रोपनी भन्दा बढी जग्गामा तरकारी खेति, ५ रोपनी भन्दा बढी जग्गामा अन्नवाली लगाउने र व्यवसायीक रुपमा पशुपालन गर्ने कृषकहरुलाई कृषि विमामा लाग्ने रकमको ७५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने, नगरपालिकामा शव वाहन संचालनको व्यवस्था गर्ने तथा वालसंरक्षण कोषको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे । बैठकले वडा नं. ३ का अध्यक्ष श्री बिर्ख बहादुर वोगटीलाई नगरकार्यपालिकाको प्रवक्ता तोक्ने निर्णय गरेकाे छ । यस्तै विभिन्न १० समिति समेत गठन गरिएका छन् ।

Samajik New Add 2082

सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, विधेयक समिति, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा समिति र लेखा समिति गरि १० बटा समितिहरुको गठन गरिएका मंगलसेन नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयाे ।

यसैगरी बैठकले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा परिचयात्मक कार्यक्रम गर्ने, संविधान तथा ऐन नियमबारे जानकारी गराउने, निर्वाचन सम्पन्न गराउन सहयाेग गर्ने सम्पूर्णलाई धन्यवाद दिने निर्णय गरिएको सूचना अधिकारी जैसीले जानकारी दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.