कांग्रेसको तर्फबाट जिसस अछामको प्रमुखमा ललित कुवर सिफारिस

जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ । उहाँ साँफेबगर नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन् । उनी जिल्लामा कांग्रेसका पुराना नेता र किसान संघका जिल्ला अध्यक्ष पनि हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार सिफारिस हुनुभएको छ ।

अछाममा कांग्रेसको जिल्ला समन्वय समितिमा एकल बहुमत छ । १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ। यस कारण पनि जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ । कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ ।

जिल्ला समन्वय समितिको लागि अछाममा एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत छ । कांग्रेस अछामले प्रमुख निर्वाचन क्षेत्र नं १ र उप प्रमुख क्षेत्र नंम्बर २ मिलाएर टिकट दिएको छ । बाँकी सदस्यहरु छनोटको लागि पार्टीको जिल्ला संसदीय बोर्डको बैठकले टुंगो लगाउने कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले बताउनु भयो ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि अछाममा कांग्रेसकै जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख थिए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.