मंगलसेन नगरपालिकाद्धारा जिल्ला स्थित पत्रकारसँग अन्तरक्रिया

Kirci Gyan Kendra

सदरमुकाम रहेको जिल्लाको मंगलसेन नगरपालिकाले जिल्ला स्थित पत्रकारसँग अन्तरक्रिया गरेको छ । नगरपालिककाको सेवा प्रवाहलाई प्रभावकारी वनाउन तथा नागरिकहरुलाई सूचनाको पहुँचमा पुर्याउन, संचारमाध्यामको नियमन तथा प्रवर्द्धनको लागि नगरपालिकाले खेल्नुपर्ने भुमिका लगायतका विविध सरोकारका विषयमा पत्रकारसंग अनौपचारिक छलफल गरेको थियो ।

Samajik New Add 2082

औंपचारिक छलफलमा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० मा ल्याउने नीति तथा कार्यक्रममा समावेश गर्न सक्ने विभिन्न योजनाका बारेमा पत्रकारले सझाव दिएका थिए । पत्रकारको जिज्ञासाको जवाफ दिदै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले स अघि ५ बर्षको अवधिमा अधुरा रहेका कामलाई निरन्तरता दिने बताउनु भयो ।

Saud Agro Kailash

यस अघि निर्माण भएका ग्रामीण सडक, शिक्षा, स्वास्थ्य तथा खानेपानीका समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । मंगलसेन जिल्लाको नमुना पालिका बनाउन नागरिक अगुवा सबैको सुझाव आवश्यकता रहेकाले नियमित खबरदारी गर्न आग्रह गर्नु भयो ।

उपप्रमुख संगिता कुमारी रावलले आफ्नो कार्यकाल सफल बनाउन सबैको आवश्यकता रहेकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

छलफलमा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, लेखा अधिकृत विष्णुप्रसाद उपाध्याय, सुचना अधिकारी विष्णुप्रसाद जैसी, नरेश बहादुर कठायतले कर्मचारीको तर्फबाट सुचना, संचार तथा प्रविधि मैत्री तत्पर रहेकाले नियमित खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.