तुर्माखाँद गाउँपालिकाद्धारा निर्णय सार्वजनिक : सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म कुनै शुल्क नलिने (हेर्नुहोस पुरै निर्णय)

Kirci Gyan Kendra
Saud Agro Kailash

जिल्लाको तुर्माखाँद गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर बिसीको अध्यक्षतामा आज बसेका बैठकका निर्णय सार्वजनिक गरिएका हुन ।

Samajik New Add 2082

नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित कार्यपालिका सदस्यहलाई गाउँपालिका अध्यक्षबाट देश र राष्ट्रको नाममा शपथ ग्रहण, स्थानिय तह निर्वाचन २०७९ लाई सफल पार्न खटिएका निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सम्पुर्ण राजनैतिक दल लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खटिने आम नागरिक सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन, गाउँपालिका भित्र संचालन भईरहेका सबै विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरिरहेका सम्पुर्ण छात्रछात्राबाट लिईदै आएको सबै किसिमको शुल्क आगामी आ.व. २०७९/८० देखि पुर्ण रुपमा निशुल्क गर्ने र गराउने, गाउँपालिका भित्र संचालनमा रहेका सबै सामुदायिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकको तलब भता आगामी आ.व. २०७९/८० बाट लागु हुने गरि व्यवस्थापन गर्ने सहित ९ वटा कार्यपालिकाबाट पारित निर्णय सार्वजनिक गरिएको गाउँपालिकाका सुचना अधिकारी कृष्ण सोडारीले बताउनु भयो ।
हेर्नुहोस पालिकाले गरेका सम्पूर्ण निर्णय :

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.