एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरियो

Kirci Gyan Kendra

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एमालेको तर्फबाट निर्वाचित नगरपालिका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्षलाई एमाले जिल्ला कमिटी अछामले बधाई कार्यक्रम गरेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

एमाले अछामका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सैना प्रमुख अतिथि रहनु भएको थियो । सविधानसभा सदस्य तथा प्रदेश कमिटी सदस्य भरत साउद बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा संविधान सभा सदस्य भैरे कामी, प्रदेश सदस्य भिम जनाला, पार्टिका सचिवालय सदस्य, जिल्ला सदस्य, संघ संगठनका प्रतिनिधिले शुभकामना ब्यक्त गर्दै चुनावताका बेला जनता माझ गरेका प्रतिबद्धता अनुसार काम गर्न सुझाव दिएका थिए ।

गत बैशाख ३० गतेसम्म स्थानिय तहको निर्वाचनमा अछामका १० पालिका र ९१ वटामा मंगलसेन नगरपालिकामा प्रमुख/ उपप्रमुख, तुर्माखाँद गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, कमलबजार नगरपालिका उपप्रमुख, बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष गरि पालिकामा ६, ३५ जना वडा अध्यक्ष र एक स्वन्त्र गरि ३६, १४० जना वडा सदस्य गरि एमालेको तर्फबाट १८२ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

जिल्लाको मंगलसेन र कमलबजार कार्यपालिकामा एमालेको बहुमत रहेको छ । एमाले जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सचिव भिम बहादुर रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.