अपाङ्गता सम्बन्धि निति, नियम र समावेशीता सवालमा २ दिने कार्यशाला गोष्ठी मंगलसेनमा सुरु

अपाङ्गता सम्बन्धि निति, नियम र समावेशीता सवालमा २ दिने कार्यशाला गोष्ठी मंगलसेन नगरपालिकामा सुरु भएको छ । वाक नेपालद्वारा संचालित पावर परियोजनाको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र बुलगारीको सहकार्यमा सुरु भएको गोष्ठीमा अपाङ्गता सम्बन्धि निति, नियमका बारेमा जानकारी गराईनुका साथै आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गता भएका ब्यक्तिका आवश्यकता कसरी समावेशी गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा सुरु भएको गोष्ठीमा पहिलो दिन अपाङ्गताका क्षेत्रमा बनेका नीति, नियम, समुदाय तथा निर्णायक क्षेत्रमा बसेका ब्यक्तिले गरेका कार्यान्वयनका कुरा र समस्याका बिषयमा प्रशिक्षक देविदत्त आचार्यले जानकारी सहित सहजिकरण गर्नु भएको थियोे ।

मंगलसेन नगरपालिका प्रमुख बोहरा सहित उपप्रमुख संगिता कुमारी रावल, नगरका १४ वटै वडाका वडा अध्यक्ष, प्रशासन, शिक्षा, स्वास्थ्य, सामाजिक शाखा प्रमुख, अपाङ्गता भएका ब्यक्तिको गोष्ठीमा सहभागिता रहेको छ ।

सेभ द चिल्ड्रेनका अछाम कार्यक्रम संयोजक प्रेम पुनको स्वागत मन्तव्य र वाक नेपाल पावर परियोजनाका संयोजक महादेव ओझाको संचालनमा कार्यक्रम सुरुवात भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.