अपाङ्गता सम्बन्धि निति, नियम र समावेशीता सवालमा २ दिने कार्यशाला गोष्ठी मंगलसेनमा सुरु

Kirci Gyan Kendra

अपाङ्गता सम्बन्धि निति, नियम र समावेशीता सवालमा २ दिने कार्यशाला गोष्ठी मंगलसेन नगरपालिकामा सुरु भएको छ । वाक नेपालद्वारा संचालित पावर परियोजनाको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र बुलगारीको सहकार्यमा सुरु भएको गोष्ठीमा अपाङ्गता सम्बन्धि निति, नियमका बारेमा जानकारी गराईनुका साथै आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गता भएका ब्यक्तिका आवश्यकता कसरी समावेशी गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा सुरु भएको गोष्ठीमा पहिलो दिन अपाङ्गताका क्षेत्रमा बनेका नीति, नियम, समुदाय तथा निर्णायक क्षेत्रमा बसेका ब्यक्तिले गरेका कार्यान्वयनका कुरा र समस्याका बिषयमा प्रशिक्षक देविदत्त आचार्यले जानकारी सहित सहजिकरण गर्नु भएको थियोे ।

मंगलसेन नगरपालिका प्रमुख बोहरा सहित उपप्रमुख संगिता कुमारी रावल, नगरका १४ वटै वडाका वडा अध्यक्ष, प्रशासन, शिक्षा, स्वास्थ्य, सामाजिक शाखा प्रमुख, अपाङ्गता भएका ब्यक्तिको गोष्ठीमा सहभागिता रहेको छ ।

सेभ द चिल्ड्रेनका अछाम कार्यक्रम संयोजक प्रेम पुनको स्वागत मन्तव्य र वाक नेपाल पावर परियोजनाका संयोजक महादेव ओझाको संचालनमा कार्यक्रम सुरुवात भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.