युनियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड मंगलसेन शाखाले मृतक बिमितको परिवारलाई रकम भुक्तानी गरेको छ । बिमित मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मृतक बिमित टीका सोडारीको हकवाला श्रीमती कमला सोडारिलाई घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो ।
चेक ग्रहण गर्दै कमला सोडारीले श्रीमान आफ्नो साथमा नभएपनि जिवनको बिमा गरेकाले आर्थिक लाभ भएकाले धन्यवाद ज्ञापन गर्नु भयो ।
मृतकको दाबि रकम ५ लाख ५४ हजार रुपैया मृत्यु दावी रकम कम्पनीका मंगलसेन शाखा प्रमुख पंकज बहादुर साउद लगाएत नेतृत्वको टोलिले हस्तान्तरण गरेको हो । शाखा प्रमुख साउदले जीवन बिमा गर्नु भबिष्य सुरक्षित भएकाले हरेकलाई बिमामा आबद्ध हुन आग्रह गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा वृद्धिजिबि परिषद अछामका अध्यक्ष भरत सोडारी, एजेन्सी मेनेजर हिक्मत सोडारी, ब्याकप स्टाफ टंक बोहरा लगाएतको सहभागीता रहेको थियो ।
