मंगलसेन नगरपालिका वडा नम्बर ३ मा वडा तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट सम्पन्न विभिन्न योजनाको अनुगमन गरिएको छ ।
नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक संगिता कुमारी रावलको टोलिले ३ नम्बर वडाका विभिन्न टोलमा शहरी स्वास्थ्य क्लिनक घेरा निर्माण, ग्रामीण सडक, मन्दिर लगाएतका योजनाको टोलिले अनुगमन गरेको छ ।साथै अनुगमनको क्रममा यसअघि आएको हावाहुरीले वडा नम्बर ३ मा रहेको कालिका देवि आधारभुत विद्यालयको ४ कोठे भवनको टिनको छाना पुर्ण उडाएकाले अनुगमन गरि चाडै मर्मतका लागि नगरमा पहल गर्ने जनाएको छ ।

अनुगमन समिति संयोजक उपप्रमुख संगिता कुमारी रावलले नगर तथा वडाबाट लागतका आधारमा योजना वडासम्म गएकाले हरेकलाई सोही अनुसार काम गर्न आग्रह गर्नु भयो ।
वडामा संचालित योजनाका बारेमा जानकारी दिदै वडा नम्बर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीले वडामा संचालित योजना तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रभावकारी काम हुँदै गएकाले आगामी दिनमा दिगोपना र बाँकी अधुरा योजना सम्पन्नका लागि नगरबाट सहयोग हुनुपर्नेमा जोड दिनु भयो ।
अनुगमनमा उपप्रमुख रावल सहित वडा नम्बर ३ अध्यक्ष बिर्ख बहादुर बोगटी, नगरपालिका रोजगार संयोजक कृष्ण सोडारी, सव ईन्जिनियर मुकेश बोहरा, पत्रकार कमल रावलको सहभागीता रहेको थियोे ।
