मंगलसेन नगरपालिकामा अपाङ्गता सम्बन्धि समावेशी नीति बनाईने

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिकामा अपाङ्गता सम्बन्धि समावेशी नीति बनाउने लगाएतका कार्ययोजना निर्माण गर्दै अपाङ्गता सम्बन्धि निति, नियम र समावेशीता सवालमा २ दिने कार्यशाला गोष्ठी मंगलसेन नगरपालिकामा सम्पन्भ भएको छ । आर्थिक बर्ष २०७९/०८०
नगरमा अपाङ्गता समन्वय समिति गठन तथा पुनरगठन गरिसक्ने,
अपाङ्गता भएका ब्यक्तिको तथ्यांक संकलन तथा प्रोफाईल तयार गर्ने र विद्यार्थी लेखाजोखा तथा प्राविधिक समिति गठन सहित कार्यविधि निर्माण गर्ने कार्ययोजना तयार गरिएको छ ।

Mangala Bharna

वाक नेपालद्वारा संचालित पावर परियोजनाको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र बुलगारीको सहकार्यमा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले अपाङ्गता क्षेत्रमा ऐन निति तथा कार्यक्रम बनाउदै कार्यान्वयन गर्दै जाने बताए । अबको आवश्यकता अनुसार तुरुन्तै कार्यविधि बनाएर अघि बढने बताउनु भयो ।

Mellekh RM1
Saud Agro Kailash

गोष्ठीको समापन गर्दै नगर उपप्रमुख संगिता कुमारी रावलले प्रत्येक वडामा भएका अपाङ्गता भएका ब्यक्तिका थुप्रै गुनासो आएकाले आगामी दिनमा अनुगमन गर्दै वास्तविक वर्गलाई अपाङ्गता कार्ड वितरण गरिने बताए । प्रत्येक वडाको तथ्यांक ल्याउनका लागि वडा अध्यक्षलाई सहयोग गरिदिन समेत आग्रह गर्नु भयो ।

समापनमा वडा नम्बर ३ अध्यक्ष एंव सामाजिक बिकास समिति संयोजक बिर्ख बहादुर बोगटी, सुचना अधिकारी विष्णुप्रसाद जैसी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत रावल, नगर स्तरिय अपाङ्ग संजालका अध्यक्ष रुद्र विकले सुझाव सहित मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा सेभ द चिल्ड्रेन र वाक नेपालको तर्फबाट नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई सेभ द चिल्ड्रेन प्रेम पुनले बधाई तथा सम्मान गर्नु भएको थियो ।

प्रशिक्षक देविदत्त आचार्यले जानकारी सहित सहजिकरण गर्नु भएको कार्यक्रमको संचालन वाक नेपाल पावर परियोजनाका संयोजक महादेव ओझाले संचालन गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.