कालिकास्थान घट्ना अनुसन्धानका लागि DOG टोली खट्दै

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । मृत भेटिएका विनोद शाहीको हत्या भएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् ।

आक्रोशित समूहले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडीमा ढुंगामुढा गरेर तोडफोड गरेको अछामका डिएसपी रविराज थपलियाले बताए । भिडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बल बहादुर शाहीको छोरा १७ वर्षीय बिनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका हुन् । जेठ १७ मा राति रिठा टोलबाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।

Everest Incitute

करिब ३०० जनाको समूहले पञ्चदेवल विनायक नगरपालिकाको मुल ढोकामा ताला लगाएर प्रदर्शन गरेका छन् । विवाद बढेपछि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

परिवारले किशोर हराएकोबारे शनिवार बिहान जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिएका थिए । शनिवार बिहानै पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् ।

किशोरको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् । स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं गएका अछामका डीएसपी रविराज थपलिया जिल्ला फर्केका छन् । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएका इन्स्पेक्टर कैलाश विष्टलाई स्थानीयले शव हेर्न मात्रै दिएका छन् ।

डीएसपी थपलियाका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी नायब निरिक्षक कुमार थापाको नेतृत्वमा धनगढीबाट DOG टोलि समेत हिडिसकेको छ ।

घटनास्थलको सुरक्षामा पनि स्थानीयले अवरोध गरेका छन् । अछामस्थित इलाका प्रहरी कार्यालय कमल बजारका इन्स्पेक्टर भास्कर बहादुर चन्द नेतृत्वको टिम पनि घटनास्थलमा परिचालन गरिएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.