महासंघ अछामद्धारा स्वर्गिय पत्रकार बिश्वकर्माको आश्रित परिवारलाई आर्थिक सहयोग

Purnima Mobile
Kirci Gyan Kendra

अछाम : नेपाल पत्रकार महासंघ अछामले स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।शाखाले स्वर्गिय पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग गरेको शाखाका अध्यक्ष खम्म खत्रीले जानकारी दिए ।

Samajik New Add 2082
Saud Agro Kailash

आईतबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समीतीका अध्यक्ष योगेश रावलको रोहबरमा महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सैना पंगेनीले नगद रु ३५ हजार बिश्वकर्माका धर्मपत्नीलाई हस्तान्त्ररण गरिन् ।

Mellekh RM1

उनको घरखर्च चलाउन केही हदसम्म भएपनि सहज होस् भनेर आर्थिक सक्दो आर्थिक सहयोग गरिएको अध्यक्ष खत्रीले बताए । आगामी दिनमा समेत उनको आश्रित परिवार र एकजना छोराको पढाईको लागि पहल गरिने समेत उनले बताए ।

सो अवसरमा केन्द्रिय सदस्य तिमिल्सैनाले समेत केन्द्रबाट हुने सहयोगका लागि आफुले पहल गर्ने बताईन् । ३५ हजार मध्ये १५ हजार साँफेबगर नगरपालिकाले सहयोग गरेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.