५ दिन अघि मृत भेटिएका विनोद शाहीको शव उठाउने सहमति

Everest Incitute

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि बल्ल उठ्ने भएको छ ।

मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकता अनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

१७ जेठमा वेपत्ता भएको विनोदको शव २१ गते घर नजिकैकको जंगलमा भेटिएको थियो । मृतको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् ।

नेकपा एमालेलगायतका दलले नेपाली कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । तर कांग्रेसले भने त्यसलाई खण्डन गरेको छ । प्रहरीले शाहीको हत्या अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.