श्रम कानुन सम्बन्धी एक दिने छलफल मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

श्रम तथा रोजगार कार्यालय धनगढीले अछामका स्थानीय तहका कर्माचारीलाई श्रम कानुन सम्बन्धी जानकारी गराएको छ । जिल्लामा १० वटै पालिकाका महिला बालबालिका र सामाजिक शाखाका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संघ संस्थाका प्रतिनिधि र पत्रकारलाई जानकारी गराईएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले राज्यले बनेका ऐन कानुनलाई कार्यान्वयन गर्दै श्रमिकलाई न्याय दिनुपर्ने बताउनु भयो । हरेक क्षेत्रसँग जोडिएका श्रमिकको सम्मान राज्यले गर्नुपर्नेमा जोड दिदै श्रमिकका लागि बनेका कानुनको सबैले पालना गर्नु पर्ने बताए ।प्रदेश मार्फत स्थानीय तहलाई जानकारी गराईएकाले अब पालिकामा सबैलाई जानकारी दिनुपर्ने बताउनु भयो ।

गोष्ठीको सहजिकरण गर्दै श्रम तथा रोजगार कार्यालय धनगढीका कार्यालय प्रमुख जनक सिंह उखेडाले श्रम कानुन सम्बन्धी जानकारी र लेखापाल भरत बहादुर शाहले श्रम अडिट सम्बन्धी विद्यामान कानुनी प्रावधानका बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको संचालन संचालन श्रम तथा रोजगार कार्यालय धनगढीका नायब सुब्बा खगेन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.