स्वास्थ्य केन्द्र ठुलासेनकाे नयाँ व्यवस्थापन समिति गठन

Purnima Mobile
Kirci Gyan Kendra

टेकराज भण्डारी : मंगलसेन नगरपालिका- ६ मा रहेकाे ठुलासेन आधारभूत स्वास्थ्य केन्द्रकाे व्यवस्थापन समिति गठन, नयाँ जनप्रतिनिधिको स्वागत तथा पुरानाकाे विदाई गरिएको छ ।

Samajik New Add 2082

व्यवस्थापन समिति अध्यक्ष जनकराज भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगरप्रमुख पदम बहादुर बाेहरा संरक्षक रहने गरी नवनिर्वाचित वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीकाे अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएकाे स्वास्थ्य केन्द्रका ईन्चार्ज मीना रावल भण्डारीले बताउनु भयो ।

Mellekh RM1
Saud Agro Kailash

समितिको उपाध्यक्षमा वडा सदस्य जैसरा दमाई, सदस्यमा बसन्ता भण्डारी, रमिला भण्डारी, धिरेन्द्र बहादुर भण्डारी तथा सदस्य सचिवमा ईन्चार्ज भण्डारी रहनु भएकाे छ । सो अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष भण्डारीले जनताको स्वास्थ्य अधिकारलाई पहिलाे प्राथमिकता दिने बताउनु भयाे ।

स्वास्थ्य केन्द्रमा औषधि, स्वास्थ्य सामग्री लगायतको अभाव हुन नदिने भन्दै थप सेवा सुविधा विस्तार गर्दै अघि बढ्ने बताउनुभयाे । महिला तथा बालबालिकाकाे स्वास्थ्यलाई ध्यानमा राख्दै वडाकाे पहिलाे बैठकबाट गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म पुर्याउन १५ सय रुपैयाँ सहुलियत दिने निर्णय गरेकाे भन्दै यसबाट उनीहरुलाई राहत हुने बताउनुभयो । आगामी दिनमा वडाकाे स्वास्थ्य, शिक्षा, लगायतको क्षेत्रमा वडाकाे तर्फबाट प्रतिबद्धताका साथ सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष व्यवस्थापन समिति अध्यक्ष जनकराज भण्डारीले स्वास्थ्य मानिसकाे संवैधानिक अधिकार भएको भन्दै यसकाे लागि सबैले सहयाेग गर्नुपर्ने बताउनु भयाे । वडामा रहेका स्वास्थ्य केन्द्रकाे थप व्यवस्थापन तथा स्तरवृद्धिका लागि आफू आगामी दिनमा पनि सहयाेग गर्न तयार रहेको बताउनु भयाे ।

कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारी, नेपाली कांग्रेसका वडा सभापति गंगाराम भण्डारी, पूर्व नगरकार्यपलिका सदस्य भावना विक, वडा सदस्य दुर्गाप्रसाद भण्डारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा दमाई, पूर्व वडा सदस्य राजुदेवि भण्डारी, गंगा माविका प्रधानाध्यापक माेतिराम भण्डारी, मनकामना आविका प्रअ नगेन्द्र प्रसाद भण्डारी, बजार समितिका सचिव रण बहादुर ढकाल, टाेलविकास संस्थाका अध्यक्ष, महिला स्वयंसेविका लगायतको सहभागिता रहेकाे थियाे ।कार्यक्रमकाे संचालन अनमि अनिता भण्डारीले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.