ढकारी गाउँपालिकाको गाडि साफेबगरमा दुर्घटना

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ को पक्की सडकमा गाडि पल्टिएको छ । ढकारी गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी अनियन्त्रि भई साँफेबगर नगरपालिका ४ स्थित ईन्द्रसरा पेट्रोलपम्प नजिकै धनगढीबाट मंगलसेन आउदै गर्दा आज बिहान ५ बजे साफेबगरमा सडकमै पल्टिएको हो ।

जिपमा सवार रहेका ढकारी गाउपालिका अध्यक्ष प्रकास साँउद लगायत ६ जना रहेका जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह बिष्टले बताए । सवारी चालक ललि नेपाली सामान्य घाईते भएपछि धुब्रतारा हस्पिटल प्रालिमा उपचार पछि पठाईएको प्रहरीले जनाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.