युवाहरूको “तपाईं हाम्रो अभियान, आवाज बिहीनको आवाज अभियान” सफल बन्दै

Kirci Gyan Kendra

साँफेबगर नगरपालिकाका युवाहरुले संचालन गर्दै आएको तपाईं हाम्रो अभियान, आवाज बिहीनको आवाज अभियान” सफल बन्दै गएको छ । विभिन्न क्षेत्रमा सामाजिक अभियान गर्दै आएका युवाहरू रचनात्मक कार्यमा अग्रसर भएका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

सामाजिक अभियान अन्तर्गत समुहले बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम संगै अभियानमा जोडिएका सदस्यलाई स्वागत समेत गरिएको छ ।

अभियान मार्फत यसअघि साँफेबगर नगरपालिकाको १४ वटै वडाका विभिन्न विद्यालयहरुमा सर्जिकल मास्क वितरण गरिएको अभियानका मुख्य अभियन्ता रबिन्द्र कुवरले जानकारी दिए । यसबाट कोरोना कहरमा बिद्यार्थिहरुमा सकारात्मक सन्देश प्रवाह भएको बताईएको छ ।

अभियान अन्तर्गत साँफेबगर हाटबजारमा सरसफाई कार्यक्रम देखी डोटी अछामको सिमाना चौखुट्टेमा बजार सरसफाई सम्पन्न गरिसकेको र जिल्लाका अन्य स्थानमा पनि विभिन्न रचनात्मक क्रियाकलाप संचालन गर्ने कुवरले बताए ।
बयालपाटाको अभियान अन्तर्गत भएको कार्यक्रममा सहभागीको नामावली यसप्रकार छ :
१. सिरिया कुवँर
२. मुकेश आउजी
३. सानु बिक
४. सुदिप कुवँर
५. सिर्जना कुवँर
६. सिजल कुवँर
७. रिजु कुवँर
८. सुस्मिता बिक
९. श्रृष्टी कुवँर
१०. सुस्मिता कुवँर
११. सुशिला खड्का

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.