विनोदको न्यायका लागी आन्दोलन तीव्र : विनायकमा प्रदर्शन सहित कोणसभा

पंचदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी विनायकमा पर्दशन सहित कोण सभा गरिएको छ । विनोदको न्यायका लागी चरणबद्ध आन्दोलनको घोषणा गरेका पञ्चदेवल विनायक नगरपालिकाका ४ वटा राजनीतिक दलले संयुक्त रुपमा प्रदर्शन गर्नुका साथै विनायकमा प्रदर्शन गरेका हुन् ।

विनोदको हत्या भएको दाबी गर्दै आफन्तहरूले बिभिन्न व्यक्तिका नाममा किटानी जाहेरी दर्ता गर्दा समेत उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्त सहित नगरपालिकाका ४ वटा राजनीतिक दलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

Janahitkari notice EYE

आन्दोलनका कार्यक्रम अनुसार आज विनायकको विद्यामन्दिर माद्यामिक विद्यालयबाट प्रदर्शन सुरु गरि पंचदेवल बजारमा कोण सभा गरिएको बताईएको छ ।

प्रदर्शनका क्रममा उनीहरूले हत्यारालाई कार्वाहि गर ,किटानी जाहेरी दर्ता भएकालाई पक्राउ गर,स्थानीय सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । नाराबाजीका क्रममा प्रदर्शनका क्रममा नगर प्रमुख,सिडियो,डिएसपी विरुद्ध समेत नाराबाजी गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अमर बि.क र नेकपा (विप्लव) का सर्जन धामीले कोण सभा कार्यक्रममा विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरि अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए ।

आन्दोलनका कार्यक्रम अनुसार भोलि असार ३ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने,४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटी र्याली गर्ने कार्यक्रम गर्ने कार्यक्रम रहेको मृतकका दाइ तथा नेकपा एमालेका नगर कमिटी सचिव बखत बहादुर शाहीले जानकारी दिएका छन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनको बिषयमा जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको कुच्चिमा विवाद भई प्रहरी गाउँमा पुग्दा बेपत्ता भएका १६ वर्षीय विनोद जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए ।

बेपत्ता भएको ५ दिन पछि भिरमा मृत भेटिएका विनोदको कांग्रेस कार्यकर्ताले हत्या गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।

विनोदको हत्या भएको दाबी सहित आफन्तले जेठ २१ गते देखी नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण नगरबाट प्रदान हुने सेवा तथा सुविधाबाट आम नागरिक वञ्चित भई रहेका छन् ।
बान्नीगढी टुडे अनलाइन

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.