नेपाल निजामती कर्मचारी संगठन मंगलसेनको प्रथम अधिबेशन : ११ सदस्यीय समिति गठन

नेपाल निजामती कर्मचारी संगठन मंगलसेन नगर समितिको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद जैसीको अध्यक्षतामा भएको भेलाले
बालकृष्ण ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

Everest Incitute

जसमा उपाध्यक्ष पानसरा रावल, सचिव कैलाश साउद, कोषाध्यक्ष शिवराज ढुंगाना लगाएतका सदस्य रहेका छन । त्यसैगरी
हिरिण्ड बहादुर बोगटीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

एमाले अछामका अध्यक्ष चन्द्र बोहरा प्रमुख अतिथि रहनु भएको उदघाटन कार्यक्रममा जिल्ला सचिव भिम बहादुर रावल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत र जिल्ला सल्लाहकार संयोजक खकेन्द्र बहादुर सोडारी बिशिस्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रम वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा, प्रेस चौतारी अछामका अध्यक्ष टेक बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी संगठन अछामका सचिव झनक अधिकारीले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.