चौरपाटी गाउपालिकामा राष्ट्रपती रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न

शेर बहादुर शाह : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ असार १ गतेबाट चौरपाटी गाउँपालिकामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

प्रतियोगिताको समापन गर्दै चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले खेलाडी राष्ट्रका गहना भएकाले आफ्नो गहनशिलता बचाउन सबै खेलाडीलाई आग्रह गर्नु भयो ।

Everest Incitute

खेलकुदको बिकासका लागि चौरपाटि गाउपालिकाले बिशेष जोड दिदै युवाहरुलाई बेला बेलामा मौसमि आयोजना हुने गरि होईनकि नियमित रुपमा खेलकुदका कार्यक्रम संचालन गर्ने र युवाहरु संग पालिका अध्यक्ष बिषेश कार्यक्रम ल्याउने बताउनु भयो ।

कार्यक्रममा चौरपाटि गाउपालिका वडा नं १ का अध्यक्ष बिर बहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष लाल बहादुर धामि, चौरपाटि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।

२५ बिधामा भएको प्रतियोगितामा दशपल्लेपानि माध्यमिक बिधालय प्रथम, बैजनाथ नमुना माध्यमिक बिधालय पायल दाेस्रो र सिउडि माध्यमिक बिधालय तेस्रो भएका छन् । समापन कार्यक्रमको सन्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र जोशीले गर्नु भएको थियोे ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.