न्युनतम सेवा मापदण्ड (MSS) मा जिल्ला अस्पताल अछामको अंक ८३ प्रतिशत

"६ महिनाको अवधिमा ५ प्रतिशतले सुधार, न्युनतम सेवा मापदण्डमा सुधार गर्दै अधिकतम अंक प्राप्ती तर्फ उन्मुख हुनुपर्नेमा सरोकारवालाको जोड"

Kirci Gyan Kendra
Samajik New Add 2082

यो बिगत ६ महिना अघिको तुलनामा सुधारोन्मुत अंक हो । छ महिना अगाडिको मापन अनुसार ७८ प्रतिसत रहेकोमा अहिले ५ प्रतिसत बढेर ८३ प्रतिसत भएको आईतबार जिल्ला अस्पतालमा प्रस्तुत गरिएको तथ्यंकबाट देखिएको हो । स्वास्थ्य निर्देशनालय राजपुरको आयोजना तथा जिल्ला अस्पताल अछामको सहकार्यमा भएको कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरिनुका साथै थप सुधारका लागि सुझाव पेश गरिएको थियो । यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले हरेक ६/६ महिनामा गर्ने गर्दछ ।
औषधीको व्यवस्थापन, बिरामी उपचार लगायत सेवा प्रवाह आन्तरिक तथा बाह्य व्यवस्थापन लगायतका विभिन्न सूचकका आधारमा एम एस एस कार्यक्रम मार्फत मूल्याँकन गरिएको थियो । जिल्ला अस्पताल अछामका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सोनाली बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार गर्दै अधिकतम अंक प्राप्ती तर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रसाशन कार्यालय अछामका प्रसाशकीय अधिकृत मिन राज आचार्यले जिल्ला अस्पतालको सेवा सुधारका लागि जिल्ला प्रशासन कार्यालयको तर्फबाट हुने सहयोग गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँको अस्पताल एउटा संबेदनशिल क्षेत्र भएकालो सु्रक्षा गार्डको व्यावस्था मिलाउन पर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाले अस्पताकाको सुधारका लागी आफु निरन्तर लागिरहेको बताउनुभयो । अहिले जिल्ला अस्पताको सेवा बढेको भन्दै बढेका सेवा प्रती सेवाग्रहीको सन्तुष्टी कतीको छ भन्ने कुरा बुझ्न जरुरी रहेको उहाको भनाई छ ।

Saud Agro Kailash

यस्तै मंगलसेन नगरपालिकाका पुर्व उपप्रमुख सरिता उपाध्यायले जिल्ला अस्पताल अछाले सेवा दिदा सेवाग्रहीलाई विश्वास दिलाउन सक्नु पर्ने बताउनुभयो । अस्पतालले सानो तिनो बिरामीलाई पनि बाहिर रिफर गर्ने गरेको भन्दै उहाले यो कुरामा गम्भीर हुन आवश्य रहेको बताउनुभयो । कार्यक्रममा पत्रकारको तर्फबाट मेनुका ढुंगानाले मन्तव्य राख्दै जिल्ला अस्पतालको सेवालाई थप सुदृढ, भरपर्दो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो भने जिल्ला अस्पताल अछामका सिनियर अनमी अधिकृत सुशिला ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेणडेन्ट डा. निराजन श्रेष्ठले एम एस एस कार्यक्रमको नतिजा र सुझाव सहितको प्रस्तुती राख्नुभएको थियो भने जिल्ला अस्पता अछामका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सोनाली बास्कोटाले न्युनतम सेवा मापडण्ड अनुसार अस्पतालमा भईरहेका गतिविधिका बारेमा जानकारी राख्नुभएको थियो । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरीरहेको सेवा सुबिधा, कर्मचारीको अबस्था, अस्पतालमा आवश्यक जनशक्ति, सम्स्या, चुनौती लगाएका बारेको सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वरदत्त भट्ट, एम एस एस अफिसर सुप्रिया वस्नेत, स्वास्थ्य निर्देशनालयका फार्मेशी अधिकृत दिपेश जोशी, जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अतुल भारद्धाज, डा. प्रेम प्रसाद ढुंगाना, डा. सोनु राना मगर, पत्रकार, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.