मुजाबगरका ब्यापारी पदम भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण

मुजाबगरमा आगलागीबाट फेन्सी पसलको सबै सामान नष्ट भएपछि ब्यापारी पदम भण्डारीलाई आर्थिक सहयोग गरिएको छ । असार १ गते रातीको आगलागीबाट पुरै नष्ट भएपछि मुजाबगर बजार ब्याबस्थापनबाट आर्थिक संकलन अभियान संचालन गरिएको थियो ।

Everest Incitute

अभियान मार्फत संकलित १ लाख १२ हजार २ सय ३४ रकम हस्तान्तरण गरिएको हो । मुजाबगर बजार ब्याबस्थापनको तर्फबाट नवनिर्वाचित गाउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई सम्मान समेत गरिएको थियो ।

बजार ब्याबस्थापन समिती अध्यक्ष लोक रावलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर साउद प्रमुख अतिथि र उपाध्यक्ष सिर्जना बुढा बिशिस्ट अतिथि रहनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लगाएत अतिथि रहनु भएको बैठकको संचालन रुपक परियारले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.