नवदुर्गा आवि रामारोशन ५ मा बन्ने २ कोठे भवनको शिलान्यास

नवदुर्गा आधारभुत विद्यालय रामारोशन ५ तडिगैरामा बन्ने २ कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगत बन्ने भवनको रामाराेशन गाउँपालिका अध्यक्ष मान बहादुर साउदले एक शिलान्यास गर्नु भएकाे हो ।

Everest Incitute

भवनको शिलान्यास गर्दै अध्यक्ष साउदले भवन चाडै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेमा थिए । शैक्षिक क्षेत्र तर्फका समस्या आफ्नो कार्यकालमा समाधान गरिने बताए । रामाराेशनलाइ नमुना रामाराेशनकाे रूपमा चिनाउने गरि आफू लागिरहेकाे र काम कार्य अगाडि बढाउने तयारिमा रहेकाे बताए ।

शिलान्यास कार्यक्रममा सम्पूर्ण सरोकारवालाको सहभागीता रहेको रामारोशन गाउँपालिका युवा संजाल संयोजक लक्ष्मण बोहराले जानकारी दिनु भयो ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.