मंगलसेन नगरपालिकाका एकल महिला, पिछडिएका र अपांङ्गता भएका कृषकलाई बाख्रा वितरण

मंगलसेन नगरपालिका भित्रका एकल महिला, पिछडिएका र अपांङ्गता भएका कृषकलाई बाख्रा वितरण गरिएको छ ।
नगरपालिकाको पशु शाखा मार्फत आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रमबाट ७० जनालाई प्रतिब्यक्ती एक/एक बाख्रा वितरण गरिएको हो ।

Everest Incitute

मंगलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि रावलले वितरण गरिएको बाख्रा वास्तविक वर्गलाई दिईएकोले आयआर्जन तिर अघि बढन आग्रह गर्नु भयो । आगामी दिनमा समेत विपन्न, गरिब, असहाय बर्गका नागरिकका क्षेत्रमा कार्यक्रम निरन्तर जारी रहने बताउनु भयो ।

वितरण कार्यक्रममा वडा नम्बर ४ मा अध्यक्ष नाम सिंह धामी, ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा, वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र भण्डारी, वडा नम्बर १४ अध्यक्ष शिव बहादुर सोडारी, वडा नम्बर ३ पुर्व अध्यक्ष पदम सिंह भाट, वडा सदस्य चक्र साउद, पशुशाखा प्रमुख नेत्र बहादुर कठायत,
पशु प्राविधिक खेमराज खनाल, पुजा बिष्ट, कृषि प्राविधिक कैलाश साउदको सहभागीता रहेको थियो ।

बाख्रा हस्तान्तरण कार्यक्रमको संचालन डण्डी प्रसाद ढुंगानाले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.