सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता सम्वन्धि अभिमुखिकरण कार्यक्रम वलिगाउँ र छापडाँडामा सम्पन्न

अछामः

सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धि अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर ९ मा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सेवा इकाईको आयोजनामा कार्यक्रम गरिएको हो ।

वडानम्वर ११ का अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडानम्वर ८, ९, १० र ११ का जनप्रतिनिधि, वडा सचिव र कर्मचारीहरुको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणालीको बारेमा जानकारी गराईनुका साथै कानूनी व्यावस्था र अनलाईन घट्ना दर्ता प्रणालीबारे जानकारी गराईएको थियो ।

Mangala School 2081 subhakamana

अभिमुखिकरण कार्यक्रममा वडानम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ९ का अध्यक्ष पदम बहादुर बोहरा, १० का अध्यक्ष जनक कुवर, कार्यपालिका सदस्य गोबिन्द बिक र रेखा कुमारी रावल अतिथि रहनुभएको थियो । ४ वटै वडाका वडा सदस्यहरु, वडा सचिव र कर्मचारीको सहभागीता रहेको कार्यक्रमको सहजिकरण मंगलसेन नगरपालिकाका एम आइ एस अपरेटर होम साउदले गर्नुभएको थियो भने सञ्चालन एम आई एस फिल्ड सहायक दिल बहादुर केसीले गर्नुभएको थियो ।

यस्तै, यसअघि सोही कार्यक्रम वडानम्वर १२ र १४ का वडा सदस्यहरु, वडा सचिव र कर्मचारीका लागि वडानम्वर १२ को छापडाँडामा सम्पन्न भएको थियो ।

केही तस्बिरहरुः

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.