महिनावारी ब्याबस्थापन सम्बन्धि अन्तरक्रिया रामारोशनमा सम्पन्न

दल बहादुर साउद, मुजाबगर अछामः

महिनावारी ब्याबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम रामारोशन गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

Everest Incitute

गाउँपालिका अध्यक्ष मान बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा महिनावारीको समयमा स्वास्थ्यमा आउने समस्या तथा समाधानका लागि किशोरी तथा महिलाले अपनाउन सक्ने उपायका बारेमा छलफल गरिएको थियो । बिशेष गरि विद्यालय तहमा किशोरीलाई बढी समस्या हुने भएकाले बिद्यालयहरुमा किशोरि लक्षीत गतिविधि गर्नुपर्नेमा सहभागीले जोड दिएका छन ।

अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष सिर्जना देबी बुढा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, सबै विषयगत शाखाका प्रमुख, गाउँपालिका अन्तरगतका माध्यामिक विद्यालयका छात्राहरु, महिला संजालका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाका एमआईएस शाखा प्रमुख दल बहादुर साउदको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्योति बुढाले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.