मिलिजुली भष्ट्राचार गर्नका लागि अहिलेको सत्ता गठबन्धन : योगेश भट्टराई

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईले मिलिजुली भष्ट्राचार गर्नका लागि अहिलेको गठबन्धन कायम रहेको बताउनु भएको छ । सरकारका रहेका हरेक मन्त्री देश र जनताको हितमा भन्दापनि रकम कसरी असुल्ने भन्ने दाउमा प्रत्येक मन्त्री लागिपरेका बताए ।

Everest Incitute

प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको सिद्धान्त नभएको बताउदै समाजवाद ल्याउने भन्नेहरु पुजीवादीको शरणमा गएको आरोप लगाउनु भयो ।

सत्ता र स्वार्थ केन्द्रीत हुनेले मुलुकलाई दिशा दिन नसक्ने बताए । वर्तमान सरकारले गर्दा अर्थतन्त्र, लोकतन्त्र र सवैधानिक अंग धरासयी बनेको बताउनु भयो ।

आगामि प्रदेश र संघको निर्चावन प्रति लक्षित गर्दै पुर्व मन्त्री समेत रहेका नेता भट्टराईले आउदो चुनावमा पहिलो शक्ति एमाले हुने बताए । पहिलो शक्ति बन्दै सरकार चलाउने एमाले नै हुने दाबि समेत गर्नु भयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.