बाल अधिकार, बाल संरक्षण, घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि ३ दिने तालिम मेल्लेखमा सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

लाल बहादुर चदारा, मेल्लेखः

Mangala Bharna

बाल अधिकार बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि ३ दिने क्षमता विकास तालिम मेल्लेखमा सम्पन्न भएकाे छ । आस्था नेपाल वर्ल्ड भिजनकाे साझेदारीमा संचालित बाल स्पाेन्सरसीप परियाेजना अन्तर्गत मेल्लेख गाउपालिका बालअधिकार समिति र मेल्लेख गाउपालिकाकाे समन्वयमा तालिम संचालन गरिएकाे थियाे ।

Mellekh RM1
Saud Agro Kailash

तालिममा बाल अधिकार, बाल संरक्षण, घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि छलफल गरिएकाे थियो । यस्तै तालिममा सहभागीहरुले बालबालिकाकाे लागि अगामि दिनमा गर्नुपर्ने क्रियाकलाप बारे अर्धवार्षिक कार्ययोजना समेत तयार गरेकाे छ । यस्तै आगामि दिनमा बाल अधिकार समितिकाे काम कर्तव्य र जिम्मेवारी बारे पनि व्यापक छलफल गरिएकाे छ । मेल्लेखका बालबालिकाकाे सम्बृदिका लागि बालबालिकाका सवालहरुलाई पहिचान गरि समधान गर्न सराेकारबाल पूर्णरुपमा वफादार हुनुपर्ने तालिममा सहभागी हरुकाे जाेड थियाे ।

मेल्लेख गाउपालिका बालअधिकार समिति संयाेजक एवं मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षताममा भएकाे तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउद रहनु भएका थियो । अध्यक्ष साउदले बालबालिकाका सवालहरु समधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बालबालिकाकाे लागि आवश्यक शिक्षा, स्वास्थ्य, पाेषण र अन्य व्यवस्थापन गर्न गाउपालिकाबाट हुने सहयोगका लागि कुनै कमि नहुने उहाँले बताउनुभयो ।

संस्थाबाट पनि बालबालिकाकाे क्षेत्रमा थुप्रै लगानी भएकाे भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । तालिममा स्थानीय जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, घटना व्यवस्थापक, अस्था नेपालका जिल्ला प्रमुख रुपक चन्द, कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला, सामाजिक परिचालक तित बहादुर बिक, तपेन्द्र बि क, लगायतकाे सहभागिता रहेकाे थियाे । तीन दिनसम्म संचालन भएको तालिमकाे सहजिकरण सुशीलराज गिरि र श्यामराज घिमिरेले गर्नुभएकाे थियाे भने तालिम समापन समारोहकाे संचालन आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिह सार्किले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.