स्वास्थ्यका समस्या मेरो पहिलो प्राथमिकतामा छन : रामारोशन गाउँपालिका अध्यक्ष साउद

Kirci Gyan Kendra

रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउदले स्वास्थ्य क्षेत्रका समस्या पहिलो प्राथमिकतामा राखेर अघि बढने बताउनु भएको छ । मानव जिवनको पहीलो धन स्वास्थ्य भएकाले सबैको प्राथमिकतामा समेत स्वास्थ्य पर्नुपर्ने बताउनु भयो । स्वास्थ्य संस्थाको समिक्षा र पुर्ण खोप सुनिश्चितता, दिगोपना तथा सरसफाई प्रवद्र्धन सम्बन्धी पालिका स्तरिय समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा बोल्दै अध्यक्ष साउदले स्वास्थ्य क्षेत्रमा अझै थुप्रै समस्या रहेकाले वडा अध्यक्ष, स्वास्थ्यकर्मि, सम्बन्धीत निकायसँग छलफल गर्दै कार्ययोजना सहीत समाधानका लागी लाग्ने बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

स्वास्थ्य सेवा सेवामुलक समेत भएकाले हरेक स्वास्थ्यकर्मिले प्रतिबद्ध हुदै लगनशिल भएर काम गर्नु पर्नेमा जोड दिनु भयो । छलफल कार्यक्रममा रामारोशनका ७ वटै स्वास्थ्य संस्थामा समाजिक परिक्षण पश्चात अहीलेको अबस्था, चुनौती र आगामी आर्थिक बर्षका लागी तयार भएको कार्ययोजना सहीत प्रस्तुतीकरण सुदुर संचार समाज नेपालका कमल रावलले राख्नु भएको थियो भने पालिका स्तरमा खोपको अबस्था, भावि गर्नुपर्ने कार्यको बारेमा रामारोशन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटाले जानकारी गराउनु भएको थियो ।

सबै वडा अध्यक्षको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष केशर बहादुर शाहले मन्तव्य राख्नु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सृजना बुढा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लगाएत अतिथी रहनु भएको थियो । वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका ईञ्चार्जको सहभागिता रहेको कार्यक्रमको संञ्चालन सहायक स्वास्थ्य शाखा संयोजक दिपक राज खनालले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.