सहकारीको लेखा व्यवस्थापन सम्वन्धि ५ दिने तालिम मंगलसेन नगरपालिकामा सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाको आयोजनामा सहकारीको लेखा व्यवस्थापन सम्वन्धि ५ दिने तालिम सम्पन्न भएको छ । नगर क्षेत्रभित्रका सहकारी संस्थाका व्यावस्थापकहरुको सहभागीता रहेको तालिममा सहकारी संस्थालाई के कसरी व्यवस्थित रुपमा संचालन गर्न सकिन्छ र लेखा प्रणालीलाई कसरी दुरुस्त राख्न सकिन्छ भन्नेबारे तालिम गराईएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

तालिममा सहकारी संस्थाको विकास, व्यावस्थापन र सक्रियतालाई प्रभावकारी बनाउँनुपर्ने विषयमा समेत तालिममा छलफल गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगिता कुमारी रावल, जिल्ला सहकारी संघका अध्यक्ष अमर न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्र भण्डारी, नगरपालिका शिक्षा अधिकृत जगत बहादुर रावल, नगरपालिकाका सूचना अधिकारी तथा सहकारी शाखा प्रमुख विष्णु प्रसाद जैशी लगायतको विशेष उपस्थिति रहेको थियो ।

समापन समारोहमा नगरप्रमुख पदम बहादुर बोहरा मार्फत तालिम प्रशिक्षक र सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।मंगलसेन नगरपालिका स्थित १६ वटा सहकारी संस्थाका प्रतिनिधि हरुको सहभागीता रहेको तालिम समापन समारोहको संचालन सहकारी शाखाका कर्मचारी दिपक खड्काले गर्नुभयको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.